Nepal

कामको खोजीमा बाहिरिने युवालाई स्वदेशमै उद्यम गर्न सरकारको प्रोत्साहनमूलक कार्यक्रम

नेपालमा युवाहरुलाई काम पाउन कठीन छ, यीमध्ये थुप्रै कामको खोजीमा विदेशिने गर्छन् । युवालाई देश बाहिरिनबाट रोक्न र यस्ता प्रतिभालाई देशभित्रै बस्न सरकारले नयाँ उपाय ल्याएको छ–निव्र्याजी ऋण ।

Read this story in

Publication Date

As Youth Flee Nepal for Work, Government Encourages Entrepreneurship at Home

यामकुमारी कँडेल, जीपीजे नेपाल

काठमाडौंमा रहेको आफ्नो नर्सरीमा गुलाबको पूmल टिप्दै सुशीला कठायत । सरकारले दिएको ऋण सुविधाले आफ्नो सानो पूmल व्यवसाय विस्तार गर्न सहयोग पुगेको ३९ वर्षीया कठायत बताउँछिन् ।

Publication Date

काठमाडौं, नेपाल — सुशीला कठायत पात, काँँडा र गुलाबको  झ्याङमा केही खोज्दै छिन् । यी तीनको बीचमा एउटा रातो गुलाब फुलेको छ । उनी त्यो पूmललाई एकदम चनाखो भएर टिप्छिन् र ठूलो प्लास्टिकको पोकोमा अरु गुलाबको पूmलसँग राख्छिन् ।

आज थुप्रै अर्डर आएको छ, ३९ वर्षीया पूmल व्यवसायी भन्छिन् । उनी काठमाडौंमा रहेको नर्सरीमा विरुवा यताउती सारिरहेकी छन् । सुरुमा फाइदा हुँदैन कि भन्ने शंका रहे पनि कठायत र उनका दुई व्यवसाय साझेदार बिना थिङ र डोल्मा लामालाई फूल फुलाउने र बिक्री गर्ने व्यवसाय पछिल्लो दुई वर्षयता आम्दानीको स्थायी स्रोत भएको छ । पहिलो वर्ष नै उनीहरुको कूल नाफा १ लाख ७० हजार रुपैयाँ पुगेको कठायत बताउँछिन् ।

तर उनीहरु आफ्नो व्यवसाय त्योभन्दा बढी मूल्यवान रहेको बताउँछन् । सरकारले प्रदान गरेको निव्र्याजी ऋणबाट सञ्चालित आप्mनो सानो व्यवसाय सम्भावना पुष्प उद्योगबाट यी तीन महिला यो वर्ष आम्दानी बढाउने अपेक्षा गर्छन् ।

“हामी हाम्रो व्यवसाय विस्तार गर्ने साचमा छौं,” ३३ वर्षीया लामा भन्छिन् ।

श्रम बजारमा प्रवेश नेपाली युवाको लागि ठूलो चुनौती हो तर कर्जा सेवामार्फत् राष्ट्रिय युवा परिषद्ले युवालाई रोजगारको अवसर आफै सिर्जना गर्न सहयोग गरिरहेको छ ।

नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा परिभाषित गरिएको छ । यस्तो उमेर समूहले देशको जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेका छ । वार्षिक करिब ५ लाख युवाहरु श्रम तथा रोजगारी बजारमा प्रवेश गर्छन् भने त्योभन्दा धेरै युवाहरु कामको खोजीमा विदेश जाने गर्छन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार स्थानीय श्रम बजार प्रवेश गर्ने ८० प्रतिशतभन्दा धेरै नागरिकहरु कामको खोजीमा बाहिरिने गर्छन् । सरकारी अनुमानअनुसार युवा बेरोजगारी १९.२ प्रतिशत छ, जुन राष्ट्रिय दर २.७ प्रतिशतको तुलनामा उच्च हो ।

expand image
expand slideshow

यामकुमारी कँडेल, जीपीजे नेपाल

बिना थिङ (बायाँ) र डोल्मा लामा सुशीला कठायतसँग मिलेर नर्सरी सञ्चालन गर्छन् । यी व्यवसायीहरु आफ्नो ग्राहकको अर्डरअनुसार गुलाब बिक्री गर्छन् ।

राजनीतिक अस्थिरताले रोजगारीको अभावलाई बढावा दिएको छ, तर सरकारले युवाहरुलाई उद्यममा संलग्न गराउन प्रयास गरिरहेको छ । सन् २०१० मा युवाहरुलाई राष्ट्रिय विकासमा समायोजन गर्ने उदेश्यसहित पहिलो पटक युवा नीतिको तर्जुमा भयो । त्यसपछिका वर्षमा बेरोजगार युवालाइ सहयोग गर्न तालिम कार्यक्रम र रोजगारमूलक सेवासहित विभिन्न पहलहरु थालिएका छन् ।

यसको लागि पछिल्लो पटक भएको उपलब्धी देशभित्र रहेका युवा उद्यमीलाई वित्तीय सहयोग प्रदान गर्नु हो, राष्ट्रिय युवा परिषद्को योजना विभागका दामोदर फुयाँल भन्छन् । गत सेप्टेम्बरदेखि फुयाँल संलग्न रहेको यो सरकारी निकायले सम्भावना भएका युवा उद्यमी र १० जना सदस्यसहित आएका यूवा समूह गरी ३५ लाई निव्र्याजी ऋण प्रवाह गरेको गरेको उनी बताउँछन् । उनीहरुमध्ये अधिकांशले कृषि र कुखुरा पालन व्यवसाय सुरु गरेका छन् । यस्तो ऋण बढीमा ५ लाखसम्म दुई किस्तामा उपलब्ध गराइने र यो वर्ष ७ हजार बढी उद्यमीलाई दिने लक्ष्य छ, फुयाँल भन्छन् ।

ऋण लिनको लागि स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने र संस्थाले काम गरिरहेको १६५ निर्वाचन क्षेत्रभित्र पर्नुपर्छ, फुयाँल भन्छन् । आवेदकको व्यवसाय सोचमा दिगोपन, स्थानीय स्रोतको उपयोग र देश विकासमा सहयोग गर्नसक्ने कुरा देखिनुपर्ने उनी बताउँछन् ।

व्यवसायीमाथि ऋणको बोझ कम होस् भनेर निव्र्याजी ऋण प्रदान गरिने परिषद्का तालिम र अनुसन्धान विभागमा कार्यरत कर्ण भुवाजु बताउँछन् । तर यो ऋण लिएको दोस्रो वर्षमा कम्तिमा ५० हजार रुपैयाँ फिर्ता गरी ५ वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्ने फुयाँल बताउँछन् ।

कर्जा चुक्ता समयमै होस् भन्ने सुनिश्चितता गर्न लाभग्राहीले युवा परिषद्ले सञ्चालन गर्ने वित्तीय व्यवस्थापन तालिम लिनुपर्ने हुन्छ भने कर्जा सदुपयोग भएको सनिश्चित गर्न कर्मचारीहरुले उनीहरुको सुपरीवेक्षण गरिरहेका हुन्छन् ।

थिङ र उनका साझेदारहरुले ५ लाख निव्र्याजी ऋणको लागि दिएको आवेदन अघिल्लो वर्ष स्वीकृत भएको हो । उनीहरुका श्रीमान्हरु कामको खोजीमा विदेशिएपछि उनीहरुले व्यवसाय सुरु गरेको एक वर्षपछि ऋण स्वीकृत भएको हो । सेप्टेम्बरमा पहिलो किस्ताबापत् २ लाख ५० हजार पाएको कठायत बताउँछिन् ।

ऋणको पहिलो किस्ता पाएपछि उनीहरुले आप्mनो नर्सरीमा ९ सय गुलाब र २ हजार सयपत्रीका विरुवा थपेका थिए ।

“एउटा बोटबाट वर्षमा १ सय ८ वटा पूmल फुल्छन्,” थिङ भन्छिन् । “राम्रो कमाईले फूल व्यवसाय विस्तार गर्न प्रोत्साहित ग¥यो,” लामा थप्छिन् ।

ऋणको केही रकम सिचार्इंको लागि खर्चिने योजना रहेको कठायत बताउँछिन् ।  ५ वर्षभित्र व्यवसाय बढाउने उद्देश्यसहित उनीहरुले अन्य युवालाई पनि काममा लगाएका छन् । १७ वर्र्षीय विद्यार्थी केशव रोकाया खाली समयमा नर्सरीमा काम गर्ने बताउँछन् । उनी यहाँबाट महिनाको १० हजार रुपैयाँ कमाउँछन् ।

जीपीजेका सागर घिमिरेले यो रिपार्ट नेपालीमा अनुवाद गरेका हुन् ।