Nepal

पानीको आशा मारेका दुर्गम नेपाली गाउँको सबै बासिन्दाहरू आफू बसोबास गरिरहेको ठाउँ छोड्न तयार हुन्छन्

पोल्याण्डमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनका लागि विश्वभरका सरकारहरू भेला भइरहँदा यता नेपालको सामजोङ गाउँमा वार्षिक बर्सात दरमा आएको कमीले गम्भीर असर पार्न थालेको छ । एक फोटो निबन्ध।

Read this story in

Publication Date

Desperate for Water, All Residents of Remote Nepalese Village Prepare to Leave

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

गाउँबाट बग्ने एक मात्र सामजोङ खोला धेरैजसो हिमपातमा निर्भर छ। जलवायु परिवर्तनका कारण यस खोलाले यहाँका बासिन्दालाई खेतमा सिंचाईका लागि पर्याप्त पानी दिन सकेको छैन।

Publication Date

सामजोङ, नेपाल – सामजोङ गाउँका हरेक बासिन्दा बसाइँ सर्ने तयारीमा छन् ।

नेपालको उत्तरपश्चिमी क्षेत्र अपर मुस्ताङको यस दुर्गम गाउँ तिब्बतको सिमानामा पर्छ। त्यहाँ कुनै सडकहरू छैनन्, यस गाउँमा पुग्न कच्ची बाटोहरू मात्र छन्, यस बाटोमा गाडी जाँदैन। यहाँ अस्पताल, विद्यालय वा प्रहरी चौकी पनि छैनन् ।

यहाँ पानी पनि पर्याप्त छैन ।

सामजोङका बासिन्दाहरू कुनै समय कृषिमा निर्भर थिए, तर वर्षाको अभाव र बाली उत्पादन निरन्तर घट्दै जाँदा यहाँ जीवनयापन असम्भव हुन पुगेको छ। अल्पकालीन जीवनयापनका लागि केही मानिस मासु वा उन बेच्नका लागि भेडा पालनतर्फ लागेका छन्। तर सन् २०१४ को ग्रीष्म महिनासम्म यो गाउँ खाली हुनेछ।

खान र सिंचाईका लागि पर्याप्त पानी नहुँदा सामजोङका बासिन्दा गाउँ छाड्ने तयारीमा छन् । सन् २०१४ मा यहाँका सबै १७ घरपरिवारले नजिकैको नामसुङ गाउँमा नयाँ घरहरू बनाउन थाल्नेछन्।

नामसुङ मुस्ताङ जिल्लाको राजधानी लो मान्थाङबाट ४ किलोमिटर (२.५ माइल) उत्तरपूर्वमा छ। यो काली गण्डकीको किनारमा अवस्थित छ र यो यस उपत्यकाको मुख्य नदी हो।

अपर मुस्ताङको विकासमा समर्पित गैरनाफामूलक संस्था लो-मुस्ताङ फाउन्डेसनका अनुसार नामसुङको भूमि मुस्ताङको पुरानो राजपरिवारको भूमि हो। यसलाई निषेधित राज्य भनेर पनि चिनिन्छ। सामजोङका बासिन्दाहरूलाई बसाइसराइ गराउनका यहाँको राजकीय परिवार जग्गा छुट्याउन सहमत भएको छ।

नयाँ घरहरूको निर्माण सन् २०१४ को मार्चबाट सुरु हुनेछ। सबै बासिन्दाहरूले सन् २०१४ को ग्रीष्म सकिने बेलासम्म यो क्षेत्र छोड्ने योजना बनाइरहेका छन्।

यहाँका बासिन्दाका लागि नामसुङमा बसाइसराइ गराउने निर्णय सन् २०१२ को नोभेम्बर महिनाको एउटा अध्ययनपछि गरिएको हो, सो अध्ययन “उच्च हिमाली भूभागका बस्तीहरूमा जलवायु परिवर्तनबाट परेको दबाबको सम्बोधनका एकीकृत उपाय” खोज्न केन्द्रित थियो। प्रतिवेदनले सामजोङ भएर बग्ने सामजोङ खोलामा परेको दबाबलाई उल्लेख गरेको छ।

स्विस-नेपाल साझेदारीको रूपमा दिगो विकास, एकता र शान्तिका क्षेत्रमा कार्यरत काम फर सुद, युनिभर्सिटी अफ अप्लाइड साइन्सेज एण्ड आर्ट्स अफ साउदर्न स्विट्जरल्याण्ड र लो-मुस्ताङ फाउन्डेसनले गरेको अध्ययनअनुसार “सामजोङमा कृषि गतिविधिहरू कम उत्पादनशील भएका छन् र लगभग पूर्ण रूपमा सामजोङ खोलाबाट हुने पानीको निरन्तर प्रवाहमा निर्भर छन्।”

जलवायु परिवर्तनका कारण तापक्रममा भएको तीव्र वृद्धि र वर्षाको मात्रामा आएको अनियमित परिवर्तनले सामजोङमा हिउँले ढाकेका क्षेत्रमा कमी आएको यस प्रतिवेदनमा उल्लेख छ। हावाको बहावमा हुने वृद्धिले गर्दा हिउँ र हिमनदीहरूमा बालुवा र धुलो जम्मा हुन गएर पनि हिउँ छिटोछिटो पग्लने गराउँछ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

प्रत्येक परिवारले गाउँको मुखिया अर्थात् गेन्पा भएर एक वर्षसम्म गाउँको नेतृत्व गर्ने मौका पाउँछन्। सामान्यतया सो घरको पुरुषमूलीले यो भूमिका निर्वाह गर्दछ र पुरुषमूली घरबाट बाहिर गएको बेलामा सो घरको महिलामूलीले यो जिम्मेवारी निर्वाह गर्छन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

त्सेन्धुप गुरुङले आफ्नो भेडा चराइसकेपछि गोठमा राख्छन् । भेडापालन यहाँका बासिन्दाहरूको जीविकोपार्जनको अर्को स्रोत बनिरहेको छ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

एक जना महिला भेडाको ऊनबाट धागो कात्दैछिन्। यहाँका बासिन्दाहरू ग्रीष्म ऋतुमा खेतमा काम गर्छन् र जाडोमा बुन्ने काम गर्छन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

पुरुष र महिलाहरू भेडाको ऊन बुनेर जुत्ता र लुगाहरू बनाउँदै जाडो महिना बिताउँछन्। दिउँसोको समयमा उनीहरू सँगै बसेर बुन्ने काम गर्छन् र बच्चाहरू खेल्छन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

सामजोङका बासिन्दाहरूले खाना पकाउन प्रयोग गरिने दाउरा र गोबर गुँइठालाई आफ्नो घरको छानामा सुकाउँछन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

सिंचाईका लागि गाउँलेहरूले पानीको पाइपलाइन पनि प्रयोग गर्छन्। तर अहिले पर्याप्त पानी आपूर्ति हुँदैन।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

एक स्थानीय बासिन्दा घोडा चढेर समान किन्न जिल्लाको राजधानी लो मान्थाङ जाँदैछन्। सामजोङमा कुनै पसल छैन, त्यसैले गाउँलेहरू सामान किन्न लो मान्थाङ जानुपर्छ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

सामजोङ जाने राम्रो बाटोहरू छैनन्, कच्ची लेनहरू मात्र छन्। मानिसहरू पैदल वा घोडाबाट मात्र गाउँ पुग्न सक्छन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

डोलर गुरुङकी आमा आफ्नो आँगनमा गलैँचा बुन्दै, उनले अन्तर्वार्ता दिन मानिनन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

६५ वर्षीया क्यापा गुरुङ र उनकी नातिनी डोलेर गुरुङ भान्साकोठामा खाना खानका लागि पर्खिरहेका छन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

३ वर्षीया डोलर गुरुङले परिवारका लागि खाना बनाइरहेकी आफ्नी आमालाई अँगालो हालेकी। यहाँ अहिले खाद्यान्न अभाव सामान्य बनेको छ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

जलवायु परिवर्तनका कारण सामजोङका खेतहरू सुक्न थालेका छन् ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

३ वर्षीया डोल्कर गुरुङ आफ्नो घरबाहिर खेल्दैछिन्, यस घरलाई उनको परिवारले चाँडै छोड्नेछन्।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

सामजोङमा १७ घरधुरी रहेका छन् । सबै परिवारहरू सन् २०१४ को ग्रीष्मको अन्त्यसम्म यो ठाउँ छोड्ने योजनामा ​​छन् किनभने यहाँ पानीको अभाव भएको छ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

तिब्बतसँगको नेपालको सिमाना नजिक रहेको सामजोङलाई पहाड र चट्टानहरूले घेरेको छ।

शिलु मानन्धर, ग्लोबल प्रेस जर्नल नेपाल

गाउँका मुखिया अर्थात् गेन्पा त्सेवाङ रिग्जिनले आयोजना गरेको बैठकका लागि गाउँलेहरू भेला भएका छन्। सामजोङमा पानीको अभाव भएकोले सन् २०१४ मा सबै बासिन्दाहरू नजिकैको गाउँ नामसुङ गाउँमा बसाइँ सर्नेछन्।

गाउँका मुखिया अर्थात् गेन्पा त्सेवाङ रिग्जिनले आयोजना गरेको बैठकका लागि गाउँलेहरू भेला भएका छन्। सामजोङमा पानीको अभाव भएकोले सन् २०१४ मा सबै बासिन्दाहरू नजिकैको गाउँ नामसुङ गाउँमा बसाइँ सर्नेछन्।

“परिणामस्वरूप, सामजोङ खोलाको निरन्तर प्रवाह भविष्यमा कम हुने अपेक्षा छ,” प्रतिवेदनमा भनिएको छ। “सामजोङको प्रमुख समस्या भनेकको पानी पर्याप्त उपलब्ध नहुनु र सिंचाई प्रणाली राम्रो नहुनु हो।”

यस अध्ययन गर्ने संस्थाहरूले सामजोङका मानिसहरूलाई सहयोग गर्ने रणनीतिहरू खोजिरहेका छन्। प्रतिवेदनकाअनुसार नामसुङमा गरिने बसाइसराइ दीर्घकालीन समाधान होइन। तर पानीको अभावका कारण सामजोङमा बस्नुभन्दा यो उत्तम विकल्प हो।

स्थानीय बासिन्दा ६५ वर्षीया किपा गुरुङ हरेक वर्ष बालीनाली धेरै फल्ने र पानी पर्ने गरेको समय सम्झन्छिन्। तर विगत ३० वर्षयता पानीको अभाव हुन थालेपछि स्थानीय बासिन्दाले आफ्नो खेतबारी छोडेर बसाइसराइ गर्न बाध्य भएका छन् ।

उनी भन्छिन्, ‘पहिलेको जस्तो हिउँ पनि यहाँ पर्दैन । अहिले आएर तापक्रम र वर्षाको स्वरूप भविष्यवाणी गर्न असम्भव छ।

अर्की स्थानीय बासिन्दा ५५ वर्षीया नोर्चुङ गुरुङले पनि बाल्यकालमा धेरै बालीनाली हुने गरेको सम्झन्छिन्। उनको परिवारले कहिल्यै खानेकुरा किन्नु पर्दैनथ्यो, उनी भन्छिन्। बरु, सधैं अन्न चाहिनेभन्दा धेरै हुन्थ्यो र उनीहरू बढीभएको अन्न बेच्ने गर्थे। गाईवस्तुलाई खुवाउन पनि पुग्थ्यो।

तर झन्डै ३५ वर्षदेखि यता धेरै कुरा परिवर्तन हुन थाले, उनी भन्छिन्। आज सामजोङमा बस्ने अवस्था छैन।

नोर्चुङ गुरुङ भन्छन्, ‘खेतमा सिंचाई गर्न पर्याप्त पानी थिएन । “हामीले खोलाको अर्को छेउको खेत छोड्नुपर्‍यो। अहिले परिस्थिति गाह्रो छ, किनकि हामीले खानेकुरा किन्नुपर्दछ। हामीले गाईवस्तुका लागि घाँस पनि किन्नुपर्छ । अब बाँच्न सकिँदैन होला।”

ग्लोबल प्रेस जर्नलकी शिलु मानन्धरले बदलिँदो जलवायु परिवर्तनका प्रभावले परेका असरको फोटो खिच्न र त्यहाँका बासिन्दाले त्यो गाउँ छोडेर हिंड्नु अघि त्यहाँको जीवनलाई अभिलेख सामजोङको भ्रमण गरिन्।

ग्लोबल प्रेस जर्नलले अन्तर्वार्ताहरू तिब्बती भाषाबाट अनुवाद गर्यो।

यहाँका गुरुङहरू आफन्त होइनन्। यस क्षेत्रमा उनीहरूको थर मात्र एउटै रहेको हो।