Nepal

ट्रम्प प्रशासनले USAID लाई विक्षिप्त बनाउँदै । नेपाली शिशुहरू भोकै मर्न सक्छन् भनेर अधिकारीहरूले चेतावनी दिएका छन्।

अमेरिकी सरकारले विदेशी सहयोग र विकास कार्यक्रमहरूको लागि जारी गरेको अचानक काम रोक्ने आदेशले कुपोषण अन्त्य गर्न डिजाइन गरिएको ७२ मिलियन डलरको परियोजना रोकिएको छ।

Read this story in

Publication Date

The Trump Administration Is Gutting USAID. Nepali Infants Will Starve, Officials Warn.

चाँदनी कठायत, जिपिजे नेपाल

२०२४ को अन्त्यमा, उर्मिला बुढाथोकी, बीचमा, विरेन्द्रनगरको पोषण पुनःस्थापना केन्द्रमा अन्य आमाहरूसँग कुरा गर्छिन्।

Publication Date

काठमाडौं, नेपाल —संयुक्त राज्य अमेरिकाले विदेशी सहायता र विकास कार्यक्रमहरूको लागि जारी गरेको काम रोक्ने आदेशको कारणले गर्दा नेपालभर स्तनपान सहयोग सेवाहरू निलम्बित गरिएकोछ।

यी सेवाहरू, जो अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सीद्वारा उपलब्ध गरिएको वित्तिय सहयोगमा नेपाल सरकारले संचालन गरेको थियो, जुन देशमा बच्चाहरूको जीवन र स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको थियो, जहाँ लगभग ५०,००० शिशुहरू एक वर्षको उमेरमाथि प्रत्येक वर्ष मर्ने गर्दछन्।

“यो कार्यक्रमले नेपालमा शिशु मृत्युदर र कुपोषित बच्चाहरूको संख्या कम गर्ने अपेक्षा गरिएको थियो, तर यसलाई अब निलम्बित गरिएको छ,” नेपालका स्वास्थ्य सेवाहरूको पोषण शाखाको प्रमुख पोषण अधिकारी लिला बिक्रम थापाले भन्नुभयो।

स्तनपान सहयोग कार्यक्रम एकीकृत पोषण कार्यक्रमको एक भाग थियो, जुन जनवरीमा शुरू भएको पाँच वर्षको कार्यक्रम थियो। कार्यक्रमको बजेटको अधिकांश — ७२ मिलियन अमेरिकी डलर — स्वास्थ्य क्षेत्रमा लगानि गरिनुपर्ने थियो, तर यसले खाद्य उत्पादन र सुरक्षाका लागि पनि वित्तिय सहयोग समावेश गरेको थियो, जुन कुपोषण कम गर्ने उद्देश्यको लागि थियो। सबै वित्तिय सहयोग पोषणको एक तिहाई — २५ मिलियन डलर — पहिले नै नेपाल सरकारको कोषमा भित्र जम्मा गरिएको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट जारी गरिएको जनवरी २० को कार्यकारी आदेशमा निर्देश गरिएको आधारमा सबै काम तुरुन्त रोकिएकोछ।

USAID सोमबार बन्द गरिएको देखिन्छ, जब अमेरिकी सरकारको विभागका सबै श्रमिकहरूलाई उनीहरू काममा आउनु नपर्ने कुरा जानकारी गराएको थियो र उनीहरूको इमेल खाता बन्द गरिएको थियो।

एकीकृत पोषण कार्यक्रम नेपालमा शिशुहरूमा गम्भीर असर पर्न सक्ने केवल एउटा मात्र परियोजना भने होइन। एउटा उस्तै परियोजना अगस्टमा शुरू भएको थियो, जसमा देशभरका १८ अस्पतालहरूमा स्तनपान समन्वय गर्ने नर्सहरूलाई नियुक्त गरिएको थियो। नेपाल सरकार कुपोषणको सामना गर्न स्थानीय तहमा समान अभियान योजना बनाउँदै थियो। यी सबै कार्यक्रमहरू वित्तिय सहयोगमा रोक लगाएपछि रोकिएका थिए।

“यसले आमाहरू र बच्चाहरूलाई सुनौलो हजार दिनको समयमा प्रत्यक्ष असर गर्नेछ,” बच्चाको जीवनका पहिलो तीन वर्षहरूलाई बढी महत्वपूर्ण हुने नेपालका स्वास्थ्य सेवाहरूको वरिष्ठ सामुदायिक नर्सिङ अधिकारी कुमारी भट्टराईले बताउनुभयो।

काम रोक्ने आदेशमा, अमेरिकी सरकारले ९०-दिनको “कोष रोक ” भनेर भनेको छ यसले दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पार्नेछ, थापाले भन्नुभयो।
“हामी कुपोषणसँग सम्बन्धित मृत्यु र मोर्बिडिटीलाई समाप्त गर्ने लक्ष्यका लागि पुग्ने आशा गरिरहेका थियौं, जसले प्रत्यक्ष मानवीय क्षति सिर्जना गर्न सक्छ,” थापाले भन्नुभयो।

यसको बदला, शिशु कुपोषणको समस्या अत्यधिक रूपमा बढ्न सक्छ, स्वास्थ्यकर्मीहरूले ग्लोबल प्रेस जर्नललाई बताउनु भयो।

नेपाल जनगणना स्वास्थ्य सर्वेक्षणका अनुसार, नेपालमा स्तनपान सहयोग र सचेतना महत्वपूर्ण छ जहाँ विशेष रूपमा ६ महिना भन्दा कम उमेरका स्तनपान गरिएका शिशुहरुको प्रतिशत २०१६ मा ६६% बाट २०२२ मा ५६% भन्दा कम पुगेको थियो। कुपोषणका कारणले गर्दा ३ जनामा १ जना बच्चाआफ्नो उमेर भन्दा निकै होचा हुने गर्छन् ।

स्तनपान एक शक्तिशाली साधन हो जुन, एकपछि अर्का अध्ययनका अनुसार, कुपोषण र यसका धेरै जीवनभरका प्रभावहरू जस्तै खराब बौद्धिक विकास र वयस्कको रूपमा कम पारिश्रमिक रोक्न समेत मद्दत गर्दछन्। साथै यो एक प्रमाणित जीवनरक्षक हो जस अनुसार कम र मध्य-आय भएका देशहरूमा, जसलाई स्तनपान गरिदैन, शिशुहरू जीवनका प्रारम्भिक महिनाहरूमा ६ देखि १० गुना बढी मर्न सक्ने सम्भावना हुन्छन्।

ट्रम्प प्रशासनको जनवरी २० को कार्यकारी आदेशमा भनिएको छ कि “संयुक्त राज्यको विदेशी सहायता कार्यक्रम र प्रशासन अमेरिकी चासोहरूसँग अनुकूल छैनन् र धेरै अवस्थामा अमेरिकी मूल्यहरूका विरुद्ध छन्।” काम रोक्न दिएको आदेशले USAID लाई कार्यक्रम कार्यान्वयन साझेदारहरूलाई सबै वित्तिय सहयोग स्थगन गर्न र USAID को वित्तिय सहयोग कार्यक्रमहरु संचालन रोक्न पनि निर्देशन दिएको छ। अमेरिकी विदेशी सहायता लगभग ७० अर्ब डलर बराबर छ — यो देशको संघीय बजेटको केवल १% हो।

विश्वभरका कार्यक्रमहरू मध्ये, HIV/AIDS औषधि, भोकमरिमा परेका मानिसहरूको लागि खाद्य सामग्री, मलेरिया रोक्नका लागि मछरदानी, क्षयरोग उपचार, र अन्य धेरै कार्यक्रमहरू बिना कुनै जानकारी बन्द भएका छन्।

यद्यपी, काम रोक्ने आदेश अस्थायी हो । यदि कुनै कार्यक्रमहरु बन्द भएता पनि पछि ति कार्यक्रमहरुले वित्तिय सहयोग प्राप्त गर्लान् भन्ने पाउने कुरामा स्पष्टता छैन ।
USAID को आधिकारिक वेबसाइट हाल बन्द छ, र USAID र ह्वाइट हाउसको प्रेस कार्यालयले ग्लोबल प्रेस जर्नलको जानकारीको अनुरोधको जवाफ दिएका छैनन्।

Related Stories