फाखेल चौर, बागमती प्रदेश, नेपाल — काठमाडौँबाट ३१ किलोमिटर (१९ माइल) दक्षिणपश्चिममा रहेको यस बस्तीमा, निकै कम संख्यामा विद्यार्थीहरू अध्ययनका लागि विद्यालय जान्छन्। केहि विद्यार्थीहरु दुई घण्टा पैदल हिंडेर विद्यालय पुग्छन् । सडकहरु पनि प्रायः हिलो पहिरोले अवरुद्ध हुन्छ । यस्तो अभिभावकहरू आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन सहज मान्दैनन् । विद्यालयहरु आकर्षक देखिदैनन् । विद्यालयमा केही पुस्तक र सामाग्रीहरू मात्रै छन्। यस क्षेत्रका बालबालिकाहरुले घर तथा खेतबारीमा काम गर्नु सामान्य कुरा हो।
श्री कालिका माध्यमिक विद्यालयकी प्रिन्सिपल उमा तामाङ भन्छिन्, – “कक्षा १ देखि १२ पढाउन ५,००,००० नेपाली रुपैयाँ (लगभग ३,६४९ अमेरिकी डलर) को सानो अनुदानले विद्यार्थीहरूलाई कक्षाकोठामा आकर्षित गर्न पर्याप्त हुन सक्थ्यो। ” संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (USAID) द्वारा सञ्चालित ४ करोड अमेरिकी डलर बराबरको कार्यक्रमको एक भागको रूपमा यो अनुदान यस वर्षको सुरुमा आउने तालिका थियो। यस अनुदान अन्र्तगत पहिलो किस्ताको रुपमा विद्यालयले ३,००,००० नेपाली रुपैयां (करिब २,१९०० अमेरिकी डलर ) प्राप्त गरिसकेको भएपनि बांकी २००,००० नेपाली रुपयां यस बर्षको अन्त्यतिर आउने तालिका सुनिश्चित थियो । पुस्तकहरू, शैक्षिक खेलौनाहरू र भौतिक पूर्वाधारहरूको आधारभूत मर्मतसम्भार, साथै विद्यालयले अभिभावकहरूलाई संलग्न गराउने आशा गरिएको क्रियाकलापहरूमा खर्च गरिने योजना थियो। यो कार्यक्रम २०२३ मा सुरु भएको थियो र पाँच वर्षसम्म चल्ने योजना थियो। एक-एक गरी विद्यालयहरूले एक वर्षको लागि कोष प्राप्त गरे। यस वर्ष कोष प्राप्त गर्ने पालो श्री कालिका विद्यालयको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा लगभग सबै विदेशी सहायता बन्द गरिसेका थिए । त्यतिबेला नै तामाङले अब शैक्षिक विकासको लागि विद्यालयमा पैसा कहिल्यै नआउने महसुस गरेकि थिईन् ।
पैसाले उनीहरूको सबै समस्या समाधान गर्ने थिएन, तामाङ भन्छिन्, तर यसले विद्यालयमा पढ्न र सिक्नको लागि राम्रो वातावरण सिर्जना गर्ने सम्भावना थियो । जसले गर्दा बच्चाहरलाई विद्यालय पुन फर्केर आउन पनि मदत गथ्र्याे । साथै यस कार्यक्रमले उनीहरूका अभिभावकहरूलाई शिक्षाको महत्त्व बुझ्न मद्दत गर्ने थियो।
“नयाँनयाँ खेलौना, रंगिबिरगीं पढ्ने सामाग्रिहहरुले विद्यालयको कक्षाकोठा मात्र सजाउने सपना देखेका थिएनौ। प्राथमिक तहको शिक्षण सिकाई सुधार गरि गरिब परिवारका बालबालिकाहरुको उज्जवल भविष्य निर्माणको परिकल्पना पनि गरेका थियौ,”-उमा तामाङ।
रिपोर्टर याम कुमारी कँडेलले फेब्रुअरीमा विद्यालयको अवस्था र USAID कार्यक्रम कटौती गर्दा के गुमायो भन्ने बारे जान्नको लागि भ्रमण गरेकी थिइन्।