सोलोला, ग्वाटेमाला – बैठक चलिरहेको छ र माथि हेर्दा बैठक कोठा ग्रामीण इलाकामा सामान्यतया लगाइने फराकिला टोपी सोम्ब्रेरो लगाएका पुरुषहरूले भरिएको देखिन्छ। तर तीमध्ये चारजना महिला सहभागीले हात उठाएर आफ्नो सहभागिता देखाएका छन्।
यो दक्षिणपश्चिमी ग्वाटेमालाको सोलोला नगरपालिकाका शहर, बस्ती, क्षेत्र र गाउँहरूको प्रतिनिधित्व गर्ने सामुदायिक मेयरहरूको बैठक हो।
INSIDE THE STORY: “This Was the First Time I Felt Discriminated by the People of My Own Ethnicity”
A GPJ reporter in Guatemala faces push-back from her own community when she shows up in pants instead of a traditional dress.
जनवरीमा कार्यकाल सुरु भएका यी मेयरहरू सामुदायिक मेयरहरूको समिति र कम्युनिटीज कन्सेजोस कम्युनिटेरियोस दे देसार्रोल्लो अर्बानो वाई रुरल अर्थात् सहरी तथा ग्रामीण विकास सामुदायिक परिषद्ले चुन्दछ। तिनीहरूले तलब पाउँदैनन्, र तिनीहरूको कार्यकाल एक क्यालेन्डर वर्षका लागि रहन्छ। सामुदायिक मेयरहरूलाई उनीहरूको समुदायको पूर्वाधार र अन्य आवश्यकताहरू सुधार गर्ने जिम्मेवारी दिइएको हुन्छ। तिनीहरूसँग कुनै विधायिकी अधिकार हुँदैन, तर तिनीहरूले परिवारहरूलाई आन्तरिक द्वन्द्वहरू समाधान गर्न पनि सहयोग गर्छन्।
सरकारी तथ्यांकअनुसार यस नगरपालिकामा कुल ५१ दशमलव ५ प्रतिशत महिला भए पनि ७१ जना सामुदायिक मेयरमा चार जना मात्रै महिला छन् ।
सोलोला र अन्य ग्रामीण आदिवासी समुदायहरूमा महिलाहरू कहिल्यै पनि प्रमुख राजनीतिक खेलाडी भएका छैनन्, युनिभर्सिडाड राफेल ल्यान्डिभर युनिभर्सिटीज पी सिजर अगस्टो जेरेज गार्सिया क्वीचे क्याम्पसका निर्देशक फेलिक्स चाय भन्छन्। । उनले सामाजिक कार्य तथा अन्तरसांस्कृतिक शिक्षामा विज्ञता हासिल गरेका छन्।
यस क्षेत्रको सांस्कृतिक र सामाजिक अभ्यासहरूले, जसमा लैङ्गिक भूमिकाहरूप्रति रूढिवादी धारणा रहेका छन्, पुरुषहरूको शक्ति र प्रभुत्वलाई बलियो बनाउँछ, चाय भन्छन्।
सोलोला नगरपालिकामा, २०११ को सरकारी तथ्याङ्क अनुसार, ८५.४ प्रतिशत जनसंख्या आदिवासी छन्।
सोलोला नगरपालिकाका मेयर एन्ड्रेस लिसान्ड्रो इबोय भन्छन्, यहाँ, एउटी महिलाले आफ्नो घरको व्यवस्थापन गर्ने अपेक्षा गरिन्छ, राजनीतिमा संलग्न हुने होइन।
अहिले चार महिला समुदाय मेयरहरू हुनु निकै ठूलो कुरा हो, इबोय भन्छन्।
‘महिलाको सहभागिता परम्परागत होइन र यससम्म पुग्न गाह्रो रहेको छ,’ उनी भन्छन्, ‘आफ्ना श्रीमतीलाई सहभागी हुन दिने ती चार महिलाका श्रीमानप्रति उनी प्रशंसाव्यक्त गर्छन्।
ऐतिहासिक रूपमा, ग्वाटेमालाको आदिवासी ग्रामीण क्षेत्रहरूमा राजनीतिमा भाग लिने महिलाहरूले अन्यत्र काम गर्नुपर्ने बाध्यतामा रहेका आफ्ना श्रीमानहरूको ठाउँ पदस्थापनको रूपमा काम गरेका छन् चाय भन्छन्।
कतिपय महिलालाई आफ्नो श्रीमानसँग परामर्श नगरी आफै निर्णय गर्न दिइँदैन, उनी भन्छन्।
नगरपालिकाका आदिवासी मेयर टोमस सलोज गुइट भन्छन्, मेयर भएका महिलाहरू महिला राजनीतिज्ञका लागि माथिल्लो स्तरमा गतिशील हुने प्रयासका हिस्सा हुन्। गत वर्ष एकजना महिला मेयर मात्रै थिए, उनी भन्छन् ।
विगत पाँच वर्षमा करिब ३० जना महिलाले सेवा गरिसकेका छन्, इबोय भन्छन्।
उनीहरूले ग्लोबल प्रेस जर्नलले सोलोलाका चार महिला मेयरसँग विभेद, राजनीति शक्ति र लैङ्गिक भूमिकाहरूप्रतिको बदलिँदो धारणाहरूबारे कुरा गर्यो।
एन्जेलिना चिरोय, ४६
४६ वर्षीया एन्जेलिना चिरोयलाई क्यान्टोन साक्सिगुआन बस्ती भित्रको एउटा क्षेत्र क्यासरियो मोन्टे मर्सिडीजका लागि मेयर पदको उम्मेदवार मनोनयन गरिएको यो पहिलो वर्ष थियो। उनले आफूले चुनावमा आठ विपक्षीलाई हराएको बताइन् ।
“मैले गर्व महसुस गरें,” चिरोय भन्छिन्। “उम्मेदवारमा पुरुष र महिला थिए। मैले पत्याउनै सकिनँ।”
तर विभेदका कारण निर्वाचित भएर हासिल गर्ने उपलब्धिमा बाधा पुगेको उनको भनाइ छ । राजनीतिमा महिलालाई स्वीकार गर्न समाज तयार छैन, उनी भन्छिन् ।
उनले किन यो काम थालिन् भनेर गाउँका महिलाहरूले प्रश्न गर्ने गरेको आफूले सुनेको चिरोय बताउँछिन्। उनको आफ्नै परिवारका सदस्यहरू पनि सुरुमा उनले यो पद सम्हाल्दा सकारात्मक थिएनन्, उनी भन्छिन्।
उनी भन्छिन्, ‘म निर्वाचित भएपछि मेरो श्रीमान् बौलाहा भए।
चिरोयको भन्छिन्, उनको श्रीमानले उनलाई “तिमीलाई कुनै लाज छैन!” भनेका थिए।
उनी भन्छिन्, तर एक हप्ता पछि उनको श्रीमान र छोराहरू पछि हटे। महिलाले समाजलाई मार्गदर्शन गर्न सक्छिन् भन्ने आफूहरूले महसुस गरेको उनलाई बताए।
उनी राजनीतिमा धेरै महिलालाई सहभागी हुन मद्दत गर्न चाहेको चिरोय बताउँछिन्।
“अवश्य पनि अन्य विषयहरू महत्त्वपूर्ण छन्: स्वास्थ्य, शिक्षा, तर यसमा मलाई विज्ञहरूले मद्दत गर्नेछन्,” उनी भन्छिन्। “तर महिलाको कुरामा प्रायः कसैले यसलाई महत्त्व दिँदैन। त्यसका लागि मैले महिलासँग काम गर्ने निर्णय गरेको छु।
चिरोयले महिलाहरूलाई राजनीतिक करियर सुरु गर्न मद्दत गर्न कार्यशालाहरू आयोजना गर्ने योजना बनाएकी छिन्। उनी अरूका लागि प्रेरणा बन्न चाहन्छिन्, उनी भन्छिन्।
मारिना मोरालेस, ४८
बरियो एल काल्भारियोको सामुदायिक मेयर मारिना मोरालेसको एउटा सामान्य योजना छ : “सहरका सडकहरू सफा गर्न मेरा मानिसहरूलाई संगठित गर्ने। यो मेरो समुदायको सबैभन्दा ठूलो समस्या हो।”
मोरालेसले आफ्नो कार्यकाललाई प्रदूषण अन्त्य गर्न र आफ्नो क्षेत्रलाई सुन्दर बनाउन प्रयोग गर्ने योजना बनाएकी छिन्। उनी भन्छिन्, उनको चिन्ता भनेको फोहोर पानी र सडकमा जथाभावी फालिने प्लास्टिकका झोलाहरूले गर्ने फोहोर हो। बालबालिकालाई पुनःचक्रण गर्नेबारे र जिम्मेवार फोहोर व्यवस्थापनबारे सिकाउन शिक्षकहरूसँग मिलेर कार्यक्रमहरू बनाउने उनको अपेक्षा छ।
समुदायको भविष्यको सफलता अहिले युवा सहभागितामा निर्भर छ, मोरालेस भन्छिन्। उनी युवा पुरुष र महिलाहरूलाई बैठकमा उपस्थित गराएर राजनीतिमा उनीहरूको रुचि बढाउन चाहन्छिन्, र सहभागी नहुनेलाई जरिवाना लगाउनेबारे उनले विचार गरिरहेकी छिन्।
मोरालेसको श्रीमानलाई यो स्थानका लागि मनोनयन गरिएको थियो, तर श्रीमानले गर्दै आएको दिउँसोको श्रमिक काम गरिरहन सकियोस् भनेर यो ठाउँका लागि मोरालेसले चुनाव लड्ने भनेर यो दम्पतीले मिलेर निर्यण गरे, किनभने श्रीमान कामको सिलसिलामा अक्सर समुदाय बाहिर गइरहनुपर्छ।
“अब म के गरौँ भनेर म मेरो श्रीमानसँग सल्लाह गर्छु,” मोरालेस भन्छिन्। “मलाई थाहा छ उनीसँग उपायहरू छन्, र मलाई मद्दत गर्ने प्रयास गर्छन्। म मेरो विचार राख्छु, तर उनले सधैं मलाई मैले के गर्न सक्छु भनेर उपाय सुझाउँछन्।”
मोरालेस भन्छिन्, उनी आफ्नो समुदायप्रति दायित्व रहेको महसुस गर्छिन्। उनको लक्ष्य भनेको केही योगदान दिएर जानु हो, र आफ्नो समुदायलाई आफ्नो समयकाल भन्दा अझ राम्रो बनाएर छोड्नु हो, उनी भन्छिन्।
“मलाई डर लाग्दैन,” मोरालेस भन्छन्। “मसँग आवाज छ र भोट छ।”
माइकला सोच, ४७
“उनीहरूले मलाई मेयरमा निर्वाचित गर्दा मैले मेरो श्रीमानसँग अनुमति लिनु परेन,” उनी भन्छिन्। “उनलाई थाहा थियो एक दिन मेरो पालो आउनेछ। जब म घर पुगेँ, मैले उनलाई उनीहरूले मलाई चुनेको बताएँ र उनले मलाई प्रोत्साहन दिए।
सोच भन्छिन्, उनले नै मेयरको रूपमा निर्णय गर्नेछन् भन्नेमा उनी र र उनको श्रीमानबीच समझदारी छ।
सोच भन्छिन्, अधिकांश कलेज शिक्षित महिलाहरू राजनीतिमा संलग्न हुँदैनन्, किनभने तिनीहरू आफ्नो करियरमा व्यस्त छन्। ती महिलाहरूले आफ्नो समुदाय सुधार गर्न सक्छन्, उनी भन्छिन्।
सोच आफूले राम्रोसँग पढ्न लेख्न नसक्ने बताउँछिन्। उनी आफूलाई बौद्धिक ठान्छिन्, तर शिक्षित महिला भएमा तिनीहरूले आफ्नो समुदायलाई बलियो नेतृत्व प्रदान गर्न सक्छन् भन्ने आफूलाई थाहा छ भनी उनी भन्छिन्।
इनेस सालोज, ४२
सामुदायिक मेयर बन्न सजिलो छैन, इनेस सलोज भन्छिन्। यसका लागि गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ छ।
सलोजलाई मेयरको लागि उम्मेदवार बन्न अनुरोध गरिनुअघि उनी धेरै वर्षदेखि सामुदायिक समूहहरूमा सहभागी थिइन्।
उनी भन्छिन्, ‘अब म समुदायको जिम्मेवारीमा छु।
सलोज भन्छिन्, क्यान्टोन चाक्विज्या क्षेत्रको क्यासेरियो कोअपरेटिभाको मेयर भएको नाताले उनी आफ्नो पदलाई महिला अधिकारको लागि मञ्चको रूपमा प्रयोग गर्न चाहन्छिन्।
“हामी घरका मात्र होइनौं, हामी भान्साका मात्र होइनौं, सरसफाइ गर्ने, लुगा धुने, बच्चा जन्माउनका लागि मात्र होइनौं,” उनी महिलालाई देखाउँदै भन्छिन्। “बरु, हामीले भविष्यमा के गर्ने भनेर सोच्नुपर्छ।”
वातावरण सलोजको अर्को चिन्ताको विषय हो। उनी मन्चहरूको आयोजना गरी मानिसहरूलाई कसरी आफ्नो समुदायको राम्रो हेरचाह गर्ने, कसरी फोहोर नियन्त्रण गर्ने र वनविनाश रोक्ने भन्ने सिकाउन चाहेको बताउँछिन्। वनविनास अहिले यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो, उनी भन्छिन्।
सलोजले आफूलाई मेयरका रूपमा गम्भीरतापूर्वक नलेलान् कि भन्ने चिन्ता व्यक्त गर्छिन्।
टोमस सलोज गुइट, इनेस सलोज र ब्रेन्डा लेटिसिया सलोज चियाल (जीपीजे) नातेदार होइनन्।
नोर्मा बाजान बालान (जीपीजे) र ब्रेन्डा लेटिसिया सलोज चियाल (जीपीजे) ले काक्चिकेलबाट अन्तर्वार्ताहरू अनुवाद गरे। नाटालिया अल्दाना, जीपीजेले यो लेखलाई स्पेनिशबाट अंग्रेजीमा अनुवाद गरिन्। वर्तमान लेख अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो।