पुनर्प्रकाशन

सबै स्वीकृत पुनर्प्रकाशन साझेदारहरूले निम्न सर्तहरू पूर्ण रूपमा पालना गर्नुपर्दछ:  

तपाईंको संस्था एउटा कानुनी र दर्तावाल संस्था हुनुपर्दछ।   मुख्य वेबसाइटमा तपाईंको प्रकाशन कहिले प्रारम्भ भएको हो? तपाईंको संस्थामा कसले काम गर्छ? जस्ता जानकारी सहितको कपि राइट र प्रकाशकको सम्पर्क विवरणहरू समेटिने ‘हाम्रो बारेमा” पेजको प्रमुख लिङ्कहरू हुनुपर्दछ। ग्लोबल प्रेसले पुनर्प्रकाशनको अनुमति अस्वीकार गर्ने अधिकार राख्दछ।

स्टोरीहरूमा प्रमुखता र पारदर्शिताका साथ निम्न उल्लेखित सबै तरिकाहरूले ग्लोबल प्रेस जर्नललाई श्रेय (क्रेडिट) दिनुपर्दछ:

a) स्टोरीको माथि रिपोर्टरको बाइलाइन समावेश हुनुपर्दछ।
b) स्टोरीको माथि निम्न वाक्य उल्लेख गर्नुपर्दछ: “यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।
c) हाइपरलिङ्क सहित globalpressjournal.com को मूल स्टोरीको लिङ्क राख्नुपर्दछ।
d) स्टोरीको अन्त्यमा निम्नअनुसारको वाक्य राख्नुपर्दछ: “ग्लोबल प्रेस जर्नल अवार्ड विजेता अन्तर्राष्ट्रिय गैर नाफामूलक समाचार संस्था हो, जसले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा रहेका आफ्ना ४० भन्दा धेरै स्वतन्त्र समाचार ब्युरोहरूमा स्थानीय महिला रिपोर्टरहरूलाई रोजगारी प्रदान गर्दछ।” 

स्टोरीको साथमा स्टोरीको लिड (मुख्य) तस्बिर पनि प्रकाशन गर्न सकिनेछ।  प्रत्येक स्टोरीको लागि एक   .jpg तस्बिर उपलब्ध हुन्छ। सबै फोटोहरू ग्लोबल प्रेसका रिपोर्टरहरूले खिचेका हुन् र तिनीहरू प्रत्येक स्टोरीसँग प्रत्यक्षरूपमा सान्दर्भिक हुन्छन्। स्टोरीसँग प्रस्तुत गरिएका ग्लोबल प्रेस जर्नलका अन्य भिजुअलहरू अनुरोध गर्नका लागि तपाईंले एक पटकको प्रयोगको लाइसेन्सबारेमा [email protected] मा इमेल गरेर सोधपुछ गर्न सक्नुहुन्छ।

स्टोरीहरू सम्पादन वा परिमार्जन गर्न सकिने छैन। पुनर्प्रकाशन साझेदारहरूले ग्लोबल प्रेस जर्नलको स्टोरीको थप अनुमतिबिना कुनै पक्ष सम्पादन गर्न सक्नेछैनन्। कुनै सम्पादन वा परिमार्जनको अनुमतिको लागि  [email protected] मा अनुरोध गर्नुहोस्। तपाईंले सबै मूल लिङ्कहरू राख्नु पर्दछ। 

स्टोरीहरू अर्को भाषामा अनुवाद गर्न सकिने छैन।  ग्लोबल प्रेस जर्नलका स्टोरीहरू अङ्ग्रेजी र रिपोर्टरको स्थानीय भाषामा प्रकाशन हुन्छन्। तपाईंले यो मध्ये कुनै एक वा दुवै भर्सनहरू पुनर्प्रकाशन गर्न सक्नुहुन्छ।   तर तपाईंले ग्लोबल प्रेस जर्नलको स्टोरी अर्को भाषामा अनुवाद गर्नुहुँदैन।  अर्को भाषामा ग्लोबल प्रेस जर्नलको स्टोरी अनुरोध गर्न [email protected] सम्पर्क गर्न सक्नुहुन्छ। यो अनुवाद सेवाको शुल्क लाग्नेछ।

स्टोरीहरू विक्री गर्न वा सिन्डिकेट गरिने छैन।  साझेदार संस्थाको साइटमा प्रकाशन भइसके पछि स्टोरीहरू अन्य समाचार माध्यम, संस्था वा सिन्डिकेटलाई उपलब्ध गराउन सकिने छैन।

स्टोरीहरू  www.globalpressjournal.com बाट कपि र पेस्ट गरिने छैन ।  पुनर्प्रकाशन साझेदारहरूले स्टोरी र फोटो इमेल मार्फत प्राप्त गर्ने प्रक्रियालाई पालना गर्नु पर्नेछ। यदि तपाईंको अनुरोध समय संवेदनशील हो भने त्यसलाई नोट वा कमेन्टमा इङ्गित गर्न वा आफ्नो इमेलको विषयमा त्यो उल्लेख गर्नुहोस्।  

स्टोरीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्दा ग्लोबल प्रेस जर्नललाई ट्याग गर्नुहोस्।  ग्लोबल प्रेस जर्नलका स्टोरीहरू ट्वीटरमा सेयर गर्दा @globalpress लाई र फेसबुक वा इन्सटाग्राममा सेयर गर्दा @globalpressjournal लाई ट्याग गर्नुहोस्।

स्टोरीको एनालिटिक्स र पाठक प्रतिक्रिया प्रदान गर्नुहोस्। ग्लोबल प्रेसका प्रतिनिधिहरूले तपाईंलाई पुनर्प्रकाशन भएको स्टोरीको पेजको भ्यु, इन्गेजमेन्ट वा त्यससँग सम्बन्धित अन्य मेट्रिक्सका लागि नियमित सम्पर्क गर्ने छन् ।

  • (हस्ताक्षर गर्न टाइप गर्नुहोस्)
  • हामीले तपाईंलाई २४ घण्टा भित्रमा सम्पर्क गर्नेछौँ।